arrow

काँग्रेस नेता बाँस्तोलाको स्वास्थ्यमा सुधार

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
chakra-banstola-nidhi].jpeg

काठमाडौँ। नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यमा सुधार आएको छ । छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।

उपचारमा संलग्न चिकित्सक न्यूरोसर्जन डा प्रत्युष श्रेष्ठले बाँस्तोलालाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए ।

शनिबार बाँस्तोलाको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो आएको भएपछि अझै केही दिन उनलाई सघन कक्षमानै राखी निगारानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्कघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् ।उनकी श्रीमती कुसुम बाँस्तोलाले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताइन् ।

उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका लिक्युइड ( तरल) बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भए पनि प्रत्येक दिन चूनौतिपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा श्रेष्ठले बताए ।
 
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार बिहान नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला पनि अस्पताल पुगेकफ बाँस्तोलाका निजी सहयोगी राधाकृष्ण काफ्ले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ