arrow

गृहमन्त्री शर्माले भने– तपाइहरु सूचना मात्रै दिनुस्, भ्रष्टाचार रोक्ने शुत्र मसँग छ

‘हामीले घण्टौ गरेको भाषण भन्दा एउटा गीतले जनताको मन जित्छ’

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
janardan_sharma.jpg

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आफु निरन्तर भ्रष्टाचार निवारणको अभियानमा लागिरहने बताएका छन् ।

पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘मेरो पहल भ्रष्टाचार न्युनिकरण हो । तपाइहरु सूचना मात्रै दिनुस् । भ्रष्टाचार रोक्ने शुत्र मसँग छ ।’

शान्ति सुरक्षाको हकमा समेत आफुले कुनै कमि हुन नदिने गृहमन्त्री शर्माको भनाई छ । उनले भने, ‘मैले ८४ बुँदे सुरक्षा रणनीति र योजना ल्याएको छ । त्यो कार्यान्वयन गर्ने क्रममा तल्लो दर्जाका सिपाहीको मनोबल उच्च पारेर माथिल्लो तहको भ्रष्टाचारलाई अन्त्य गर्ने मेरो लक्ष्य हो । जसमा तपाईहरुको साथ रहने छ ।’

गृहमन्त्री शर्माले आफु गीत संगीतमा त्यति अभ्यस्त नभएपनि नेपाली लोक संगीत अधिक मन पर्ने बताए । उनले भने, ‘हामीले घण्टौ गरेको भाषण भन्दा एउटा गीत प्रभावकारी हुन्छ । जसले जनताको मत जित्छ । जनप्रिय हुन्छ ।’  मलाई गित गाउन आउँदैन । तर, गीत संगीत साह्रै मन पर्छ, हाँस्दै शर्माले भने ।

नेपाली लोकसंस्कृतिले नेपालको राष्ट्रियता बलियो पारिरहेको उल्लेख गर्दै मन्त्री शर्माले यो संस्किृति संरक्षण गर्न सकिएन भने नेपालको राष्ट्रियता कमजोर भएर जाने बताए ।

गीत संगीतमा केवल माया, पिरतीका कुरा मात्रै हुँदैनन्, शर्माले भने, ‘यसमा सामाजिक चित्रण र एक वैचारिक मान्यता समेत हुन्छ । जसमा ठूलो ताकत हुन्छ ।’ नेपाली लोक गीतले राष्ट्रप्रेमलाई अभिव्यक्त गरिरहेको छ । राष्ट्रियता बलियो पारेर राखिरहेको छ । यद्यपि, राज्यले यस क्षेत्रमा खासै ध्यान नदिएको मन्त्री शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ