arrow

ठेकदारले तटवन्ध निर्माणको काम छाडेपछी आधादर्जन गाँउ वाढीको जोखिममा

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ साउन ७ शनिबार
bakraha_nadi.jpg

विराटनगर । पुर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका–५  स्थित जयनगरमा वक्राहा नदिमा निर्माणधिन अवस्थामा रहेको तटवन्धको निर्माणको काम ठेकदारले  छाडेपछी  सो क्षेत्रका आधादर्जन गाँउ जोखिममा परेका छन  ।वक्राहा नदिले गतवर्ष भत्काएको पाचसय मिटर तटवन्ध निर्माणको काम निकिता कन्ट्रकस्नले छाडेपछी तटवन्धको काम अलपत्र हुदा गाँउ जोखिममा परेको हो ।
 
पाँच सय मिटर तटवन्ध निर्मार्णका जिम्मा पाएको विराटनगर स्थित निकिता  कन्ट्रक्सनले मध्यवर्खामा काम छाडेपछी वक्राहाको वाढि गाँउमा पस्ने पिरले  स्थायिन वासिन्दा अहिले  पिरोलिएका छन । विराटनगर स्थित जल उत्तपन्न प्रकोप नियन्त्रण कार्यालयकाले एक करोड एक लाख रुपैयामा दिएको तटवन्ध निर्माणको ठेक्का दिएको  सो कन्ट्रक्सनले छाडेपछी अहिले स्थानिय जनप्रतिनिधिहरुको अगुवाईमा तटवन्ध निर्माणको काम भइ रहेको छ ।

सुनवर्सी नगरपालिकाका वडान २ का नव निर्वाचित  वर्डा अध्यक्ष प्रताप तामाङले आफनै खर्च लगाएर तटवन्ध निमार्णमा जुटेका छन । ठेकेदारले काम छाडेपछी आफुले तटवन्धका लागी डेढलाख रुपैया खर्च दिने सहमती गरेपछी काम शूरु भएको उहाको भनाई छ । वाढिवाट जनतालाई जोगाँउन आफुले तटवन्ध निर्माणका लागी पहल गरेको तामाङको भनाई छ । मध्य साउनमा वढी आउने समयमा काम रोकिएपछी तटवन्ध निर्माणका लागी आफु दिनरात खटेको र आर्थिक सहयोग गरेको वर्डा अध्यक्ष तामाङले वताए ।
 
यसवर्ष खोला गाँउमा नपस्ने गरी काम भइरहेको तमाङको भनाई छ । गतवर्ष सोही ठाउवाट तटवन्ध भत्काएर खोला गाँउमा पसेपछी ५ हजार भन्दा वढि घर डुवानमा परेका थिएभने एकहजार भन्दा वढि खेतीयोग्य जमिन वालुवामा परिणत भएको थियो । जनप्रतिनिधिको नेतृत्वमा आहिले एकसय मिट तटवन्ध निर्माण र प्रपोपाइन पद्धतीवाट खोला तटवन्ध निर्माणगर्ने काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ