arrow

राजाराम गौतम अन्नपूर्ण पोष्टको सम्पादक नियुक्त

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
rajaram_gautem.jpg

काठमाडौं । राजाराम गौतम अन्नपूर्ण पोष्टको सम्पादक नियुक्त भएका छन् । तीन वर्ष अन्नपूर्णमा बिताएका युवराज घिमिरेले पदबाट राजीनामा दिएपछि अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नै ग्रुप अफ कम्पनीसँग आवद्ध गौतमलाई नियुक्त गरेको हो । कान्तिपुर मिडिया ग्रुपमा रहेर काम गरेका गौतमलाई अन्नपूर्णले रेडियो अन्नपूर्ण नेपालको प्रमुख बनाएर लगेको थियो ।

अन्नपूृर्ण पोष्टको सम्पादकका लागि थुप्रैको नाम चर्चामा रहेपनि बोर्डले गौतमलाई नियुक्त गरेको हो । पछिल्लो समय अन्नपूर्णको रेडियोबाट गौतम अन्नपूर्णकै म्यागेजिन अन्नपूर्ण टुडेमा काम गरिरहेका थिए ।

सम्भवतः उनको नाम आइतबारबाट प्रिन्टलाइनमा आउने छ । अन्पूर्णबाट बाहिरिएका घिमिरेले भने आफुले तीन वर्षसम्म एउटै मिडियामा काम गरेकाले नयाँलाई पनि अवसर दिनुपर्ने भन्दै राजीनामा दिएको बताए । घिमिरेले अब आफू अन्यत्र आवद्ध हुने भन्दापनि स्वतन्त्र लेखक बनेर बस्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ