arrow

माओवादी केन्द्रले ३,९०१ केन्द्रीय सदस्य हटाउने, बबण्डरको संकेत 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
maobadi-kendra.jpg.png

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले आफ्नो जम्बो केन्द्रीय समिति घटाएर दुई अङ्कमा झार्ने भएको छ ।  

छ दिनसम्म पार्टी मुख्यालयमा चलेको बैठकको अन्तिम दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे प्रस्ताव राख्दै केन्द्रीय समितिको सङ्ख्या घटाउने प्रस्ताव गरेका हुन् । 
  
बैठकले अबको केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ मात्र बनाउने निर्णय गरेको छ ।  

यद्यपि यो निर्णयको कार्यान्वयन गर्न भने केही समय लाग्नेछ ।  

बैठकले आगामी भदौ १५ गतेभित्र सातवटै प्रदेशको भेला आयोजना गरेर यो निर्णय पारित गराएपछि मात्र निर्णय कार्यान्वयन हुनेछ ।  

सचिवालय सदस्य सावित्रीकुमार काफ्लेका अनुसार बैठकले सचिवालयलाई नै केन्द्रीय कार्यसमितिमा रूपान्तरण गर्नेछ ।  

यसअघि पनि केन्द्रीय सदस्यको सङ्ख्या बढीमा ९९ बनाउने निर्णय गरिएको थियो तर केन्द्रीय सदस्य बन्ने आकाङ्क्षी अत्यधिक भएपछि चार हजार जनाको महाधिवेशन आयोजक समिति बनाइएको थियो । 
 
गत माघमा महाधिवेशन गर्ने भन्दै आयोजक समिति बनाइए पनि स्थानीय चुनावमा जानुपर्ने भएपछि महाधिवेशन हुन सकेको छैन ।  

बैठकमा सङ्ख्या घटाउनेबारे सैद्धान्तिक सहमति भए पनि कसलाई कसरी घटाउने भन्ने स्पष्ट नीति बनेको छैन । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ