arrow

आमहड्तालले दार्जिलिङमा असर, नुनतेल नेपालबाटै

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
darjeling_bazaar.jpg

काठमाडौं । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन–तेलदेखि दाल–चामलसम्म बेच्न भ्याई–नभ्याई छ ।

पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ ।

महिना दिनयता पूर्वी भारतीय सीमावर्ती बजार पशुपतिनगर र आसपास क्षेत्रमा यही दृष्य दिनहुँ दोहोरिइरहेको छ । 

बजारमा साताको सोमबार ग्राहकको भीड अरु दिनभन्दा बढी हुन्छ । बाँकी दिन पनि ग्राहकको आउ–जाउ खासै घट्दैन । 

तर, यहाँ आउने ग्राहक सधैँ झैं लुगाकपडा, भाँडाकुँडा, जुत्ता चप्पल र खेलौना किन्दैनन् । सबै ग्राहकको मेनु एउटै छ–नुन, तेल, दाल, चामल, चिनी, चिउरा, चाउचाउ, मसला, प्याज, तरकारी, पिठो ।

भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असरले पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । 

अन्य सबैजसो पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारी साधनसमेत छिटफुट मात्रै चल्छन् । तर खाद्यान्न पसलमा भने जतिबेलै भरिभराउ ग्राहक ।

आमहड्तालका कारण गाडी नचल्ने भएकाले भारतीय ग्राहक घण्टौ धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारिरहेका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ