arrow

तेस्रो दिनसम्म इक्यान मेलामा ४० हजारको अवलोकन

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
Ecan.jpg

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानको ११ औ शैक्षिक मेलाको तेस्रो दिन शुक्रबार करिब ४० हजार अवलोकन कर्ताले अवलोकन गरेका छन् । राजधानीको भृकुटीमण्डपमा विहीबारबाट सुरु भएको मेलामा बिधार्थी तथा अविभावकहरुले बिभिन्न देशका बिश्वबिद्यालयका प्रतिनिधिहरुको समेत प्रत्यक्ष संलग्नता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताहरुका स्टलहरुको अवलोकन गरेका छन् । 

विशेषगरी विदेश जान चाहने विद्यार्थीहरुकोलागि आयोजना गरिएको सो मेलामा आउने बिद्यार्थी तथा अबिभावकले अनुभव प्राप्त परामर्शदाताहरुबाट प्रत्यक्ष रुपमा परामर्श प्राप्त गरेका छन् । मेलामा शनिबार पनि विहानैदेखि बिद्यार्थी तथा अविभावकको घुइचो लागेको थियो । 

नेपालबाट बिषेश गरी अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश, श्रीलंका, न्युजिल्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलार्इ एकीकृत रुपमा परामर्श दिनको लागि मेला आयोजना गरिएको छ । मेला प्रत्येक दिन बिहान १० बजे देखि ५ सम्म सञ्चालन भइरहेको छ । मेला आइतबारसम्म चल्ने इक्यानका कार्यसमिति सदस्य पुष्षराज भट्टरार्इले जनाए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ