arrow

निर्वाचनमा अन्तरघात गर्नेमाथि कार्वाही गर्न काँग्रेसले बनायो छानबिन समिति

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
congress-flag.jpg

त्रिशूली । स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ । 

कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहेका छन् । 

समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनका पार्टीका उम्मेदवारलाई असहयोग गर्ने, हराउन सक्रिय हुने र बागी उम्मेदवारी दिनेलाई समितिले छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ । 

समितिले वडादेखि गाउँपालिका र नगरपालिकामा अन्तरघात गर्नेको सूची तयार पारेपछि कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने केसीले बताए । 

निर्वाचनमा पराजित भएका उम्मेदवारले दुई दर्जनभन्दा बढी उजुरी दिएका छन् । 

यसैबीच कांग्रेस ३ नंं क्षेत्रीय कार्यसमितिको बैठकले गत वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने मेघाङ देउरालीका रामबहादुर तामाङ, किस्पाङ भाल्चेका लोकबहादुर घले र विदुर नगरपालिकाका कृष्णबहादुर खड्कालाई पाँच वर्षका लागि साधारण सदस्यताबाट निलम्बन गरी जिल्ला कमिटीलाई बुझाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ