arrow

इजरायलबाट फर्किए लगतै किन मधेस पसे बिश्वप्रकाश 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
bishwaprakash-sharma.jpg

काठमाडौं । दोस्रो चरणको चुनाव लगतै गगन थापाका साथ इजरायल पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिश्वप्रकाश शर्मा इजरायलबाट फर्किए लगतै मधेश पसेका छन् । 

उनको टोलि आइतबार  कुनै राजनीति कार्यक्रम, भेला आमसभालाई सम्बोधन गर्न भने मधेस गएको होइन । गत साल झापाको मेचीनगरमा सम्पन्न भएको  प्रथम राष्ट्रिय स्वास्थ महोत्सवको टिम, एक दर्जन चिकित्सक र करिब ६ लाख रुपैयाँको औषधि लिएर उनि सप्तरीको बाढिपिडित क्षेत्रमा गएका हुन् ।

शर्मा सहितको टोलीले आईतबार बिहान ७ बजे देखी स्वास्थ शिविर संचालन गरेको छ । बाढिपिडित क्षेत्र संचालन भएको  एकदिने स्वास्थ शिविर बेलुका ७ बजे सम्म  रहने  शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ