arrow

क्षेत्र निर्धारण आयोगका पदाधिकारीले खाए सपथ , कहिलेदेखि हुन्छ काम ?

logo
प्रकाशित २०७४ साउन ८ आइतबार

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरुले सपथग्रहण गरेका छन् । आईतबार सर्वाेच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीस गोपाल पराजुलीले आयोगका अध्यक्ष एवं पूर्व न्यायाधीस कमल नारायण दासलाई सपथ ग्रहण गराएका छन् । सोही कार्यक्रममा अध्यक्ष दासले अन्य सदस्यहरुलाई पनि प्रधानन्यायाधीसको समुपस्थितीमा सपथग्रहण गराएको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए । 

उनका अनुसार आईतबार सपथग्रहण सम्पन्न भएपनि काम भने सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणमा राख्ने निर्र्णय गरिएको सचिवालयमा आवश्यक भौतिक पूर्वाधार र कर्मचारीको व्यवस्था नभएकोले काम सुरु हुन नसकेको बताईएको छ । 

कार्यप्रारम्भ भएको २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नै समयावधी सहित गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो । अधिकारीका अनुसार सोमबार सबै व्यवस्थापन मिलाएर मंगलबारदेखि काम सुरु गर्ने तयारीमा आयोग रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ