arrow

राप्रपाको निर्वाचन भेला सप्तरीबाट

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
raprapa--new.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका भेला सप्तरीबाट गर्ने भएको छ

असोज २ गते हुने तेस्रो चरणको स्थानिय तहको निर्वाचनको लागि राप्रपाले साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला गर्ने भएको छ । 

आगामी  निर्वाचनमा पार्टीलाई अग्रस्थानमा स्थापित गराउने उद्देश्यले भेला गराउन लागिएको  राप्रपाले जनाएको छ। । दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेपछि राप्रपाले जनतासँग बृहत् अन्तक्र्रिया, घरदैलो, राजनीतिक भेलालगायत कार्यक्रम गर्न लागेको हो  । 

पार्टीले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । समितिले प्रदेश नं २ को स्थानीय तहमा क्रियाशील पार्टीका संगठनसँग समन्वय गरी स्थानीयवासी तथा तराई–मधेशका जनताको चाहना तथा भावना समेटेर चुनावी गतिविधि सञ्चालन संयोजक तामाङले जानकारी दिए
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ