arrow

बाढी प्रभावित क्षेत्रमा नेविसंघको निःशुल्क स्वास्थ्य शिविर 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
saptari.jpg

राजविराज । सप्तरी जिल्लाको बाढी प्रभाबित क्षेत्रमा नेपाल विद्यार्थी संघ २ नम्बर प्रदेशको अयोजनामा बृहत एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको छ । जिल्लाको त्रिहुत गाउँपालिका अन्तरगत रहेको बाढीप्रभावित क्षेत्रलाई लक्षित गर्दै आयोजना गरेको शिविरमा स्थानियहरुले लामो समयदेखि प्रभावित क्षेत्रमा बसेकोले विभिन्न किसिमको रोगबाट ग्रसित भएको भन्दै ५ सय बिरामीहरुलाई सेवा प्रदान गरेको छ । 

शिविरमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, विपी कोइराला विज्ञान प्रतिष्ठान धरानका एक दर्जन कन्सलटेन्ट चिकित्सकहरुले चेक जाच गरेर निःशुल्क औषधि समेत वितरण गरेको छ । 

स्वास्थ्य शिविर कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बाढी प्रभावितलाई स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवाका लागि हामी जुनसुकै बेला पनि तयार रहेको बताए । विरामीलाई सेवा प्रदान गर्न ६ लाख बरावरको औषधि उपलब्ध उपलब्ध गराई निःशुल्क वितरण गरेको बताए  । 

एकदिने स्वास्थ्य शिविरमा नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, नेविसंघका महामन्त्री सरोज थापा, उपाध्यक्ष उर्मिला थपलिया, डिल्लीराम सुवेदी, उपाध्यक्ष तथा प्रदेश नं.२ का संयोजक संजय यादव, सह– महामन्त्री राजेश रौनियार, पुर्व महामन्त्री प्रतिमा गौतम,पूर्व केन्द्रीय सदस्य नन्दकिशोर यादव, नेविसंघ सप्तरीका जिल्ला सभापति घनानन्द यादव, सप्तरी क्षेत्र नं. २का क्षेत्रिय सभापति बद्री प्रसाद महात्मान यादव, पूर्व जिल्ला सभापति घनश्याम यादव,गैसस लोकतान्त्रिक सप्तरीका अध्यक्ष अर्जुन यादव, युवा नेता कृष्णदेव यादप(पिन्टु) लगायतको शिविरमा उपस्थिति रहेको थियो । त्रिहुत गाँउपालिकाको आधारभुत राष्ट्रिय विद्यालय पिप्राही गोईठीमा संचालन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ