arrow

काँग्रेसले चुनावमा असहयोग गर्ने २४ जनालाई गर्‍यो कारबाही 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
congress-flag1.jpg

कपिलवस्तु । नेपाली काँग्रेस शिवराज नगर समिती कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै २४ जनालाई कारवाहीको लागि सिफारिस गरिएको छ । नगरसमितीको आईतबार बसेको समीक्षा वैठकले शिवराज नगरपालिकामा नेपाली काँग्रेसको विरुद्ध बागी तथा असयोग गर्नेहरुको नामावली जिल्ला अनुशासन समितिमा सिफारिस गरिएको काँग्रेस शिवराजले बताएको छ । शिवराज नगरपालिकामा नेपाली काँग्रेसको जीत निश्चित हुँदा हुँदै पनि पार्टी भित्रबाटै अन्तरघातका कारण पराजय भोग्नु परेको बैठकले निष्कर्ष निकालेको छ । 

पार्टी भित्र बसेर अन्तरघात, असहयोग तथा स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई कारवाहीको सिफारिस गरिएको नगर सचिव कृष्ण थापाले जानकारी दिए । थापाका अनुसार वडा न ५ चन्द्रौटाबाट जमसेर अली मिंया, हरिप्रसाद पोख्रेल, मकवुल मिया, रामप्रसाद वन्जाडे, विष्णु पोख्रेल, मधुसुदन कोईराला, कृष्ण प्रसाद पौडेल, रिता पौडेलले कृष्ण विक्रम जिसी, ओम सारु र सुरेश जयसावाललाई कारवाहीको लागि सिफारिस गरिएको उनले बताए । 

त्यस्तै वडा नं २ बाट आत्मराम पाण्डे, वडा न ४ वाट सर्जु गुप्ता, नुरउल्लहख खांन हुकुमदार मुस्लमान, त्रिलोकी यादव, रामवरण वढई र करमुल्ला धुनियालाई सिफारिस गरिएको छ । वडा नं ११ बाट दुखहरण यादव, वडा न १० बाट सविर पठान, वडा न ६ बाट रामसम्मुत यादव, जग्दीस कुर्मी, तौलेश्वर प्रसाद चौधरी वडा न ७ बाट पुजारी प्रसाद चौधरीलाई कारवाही सिफारिस गरिएको काग्रेसले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ