arrow

काठमाडौंको जिल्ला समन्यव समिति २९ साउनसम्म चयन गर्नैपर्ने

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
samanwaya_samiti.jpg

काठमाडौं । काठमाडौंको जिल्ला समन्वय समिति साउन २९ गतेभित्र चयन गरिसक्नुपर्ने भएको छ । मुख्य निर्वाचन अधिकारीको कार्यालय स्थापना भएको २१ दिनभित्र समन्वय समिति गठन गर्नैपर्नै बाध्यता आएको हो । आईतबार कार्यालय स्थापना भएपछि मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले अबको ५ दिनभित्र निर्वाचन तालिका सार्वजनिक हुने बताए।

जिल्ला समन्वय समिति निर्वाचन निर्देशिका २०७४ बमोजिम समितिकालागि सवैभन्दा बढी मत प्राप्त गर्ने प्रमुख र उपप्रमुख एक एक जना, महिला ३ जना र अल्पसंख्यक वा दलितमध्येबाट १ प्रतिनिधि निर्वाचित हुन्छन् ।

नेपालको सम्बिधानको धारा २२० को उपधारा ३ मा जिल्ला सभाले बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्य समितिको निर्वाचन गर्ने व्यवस्था गरेबमोजिम गएको असार १५ गते बसेको जिल्ला सभाले ९ सदस्यीय समिति बनाउने निर्णय गरिसकेको छ ।

काठमाडौं जिल्ला समन्वय समितिमा जिल्लाबाट निर्वाचित ७३८ जना पदाधिकारीले उम्मेद्वारी दिन पाउँछन् । यो संख्या काठमाडौंमा भएका १३८ वडाबाट निर्वाचित ५ जना पदाधिकारी, ११ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २२ जना तथा ११ वटा नगर कार्यपालिकाकालागि निर्वाचित ३३ जनासहितको हो ।

काठमाडौंको सवै तहमा सवैको उम्मेद्वारी परेको भए ७४५ सदस्य हुन्थ्यो । तर काठमाडौंका विभिन्न ठाउँमा गरी ७ ठाउँमा दलित महिलाको उम्मेद्वारी नपरेकोले सदस्य संख्या ७३८ भएको हो । यो संख्याभित्रबाट उम्मेद्वारी दिन सबैले पाउँछन् मतदान गर्न भने ११ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २२ जनाले मात्र पाउँछन् । क्षेत्रीय निर्वाचन अधिकृत चन्द्रप्रसाद गौत्तमले बताए ।

जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्थाबमोजिम — सम्बन्धित जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ । जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ सभा वा नगर सभाको सदस्य पद स्वतः रिक्त हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ