arrow

अख्तियारमा सबैभन्दा बढी शिक्षाका उजुरी, कञ्चनपुरका जिशिअ समेत अख्तियारको निगरानीमा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ साउन ८ आइतबार
CIAA_kanchanpur.jpg

कञ्चनपुर। अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय कञ्चनपुरमा सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी आउने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७३÷७४ सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी आउने गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसनधानको कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु सिह बिष्टले सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी आउने यरेको बताएका छन् । 

सबैभन्दा बढी शिक्षा क्षेत्रका र त्यसपछि वनका उजुरी आउने गरेको बिष्टको भनाई छ ।  ‘ अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय कञ्चनपुरको स्ुथापना कालदेखि नै सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी आएका छन्’, उनले भने, ‘शिक्षा क्षेत्रमा सबैले सरोकार राख्ने हुनाले पनि उजुरीको संख्या बढेन गएको हो ।’ यसैगरी वनका उजुरी समेत उल्लेख्य मात्रामा आउने गरेको उनले बताए । स्थानीय निकायका विकास निर्माण लगायत स्वास्थ्य क्षेत्रका उजुरी पनि बढि  नै आउने गरेको उनले बताए । प्राविधिक कार्यालयहरुका बारेमा जनतामा जनचेतनाका अभावमा कम उजुरी आउने गरेको उनको भनाइ छ  । 

कञ्चनपुरका सुदुर पश्चिमका ६ वटा जिल्लामध्ये कैलाली र कञ्चनपुरका सबैभन्दा बढी उजुरी आउने गरेको अख्तियार प्रमुख बिष्टको भनाइ छ । ‘कैलाली र कञ्चनपुर जिल्लाका उजुरी हामी कहा बढी आएका छन्’, उनले भने, ‘जसमा शिक्षा, स्वास्थ्य, वन लगायत स्थानीय विकास निर्माणका मुद्दा बढी आएका छन् ।’ शिक्षा क्षेत्रका उजुरीमा विकास निर्माण तथा छात्रवृत्ति वितरणमा भ्रष्टाचार गरेको, नीजि विद्यालयले बढी शुल्क लिएको,  वि.व्य.स.को गठन नियम संगत नभएको तथा जिल्ला शिक्षा अधिकारी र कर्मचारीहरुले समेत विभिन्न कार्यमा भ्रष्टाचार गर्ने गरेको उजुरी अख्तियारको कार्यालयमा आउने बिष्टको भनाइ छ । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टका नाममा समेत अख्तियारको कार्यालयमा उजुरी दर्ता भएको बिष्टले बताए । उनले उक्त मुद्दामा छानबिन भइरहेको बताएका छन् ।

उजुरी बढि भएको ठाँउमा भ्रष्टाचार बढी र कम उजुरी भएको ठाउमा भ्रष्टाचार कम भन्ने मान्यता अख्तियारको नभएको बताउदै आफ्नो क्षेत्राधिकार भित्र पर्ने जति सबै ठाँउमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले हेर्ने गरेको उनले बताए । भ्रष्टाचार सबै ठाँउमा हुने तर सबै ठाँउमा जनताको पहुँच नहुने भएकाले मुद्दाहरु कम पर्ने गरेको उनको भनाइ छ । 

अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय कञ्चनपुरले गत आर्थिक वर्ष २०७३/७४ सम्म परेका जम्मा १ हजार ६८ मुद्दा मध्ये ६ सय ९५ मुद्दा फछ्र्याैट गरेको जनाएको छ । सुदुर पश्चिमका ६ वटा जिल्लाको मुद्दाहरु अख्तियार दुरुपयोग अनुसनधानको कार्यालय कञ्चनपुरले हेर्ने गरेको  छ ।  

स्थापना कालदेखि हालसम्म ३ हजार भन्दा बढी उजुरी परेको छन्  । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयको प्रयासमा १ करोड ६१ लाख ३२ हजार ३ सय ८३ रुपैया ३९ पैसा बिगो समेत असुल भएको अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७३/७४ को प्रगति विवरणमा उल्लेख गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय कञ्चनपुरले  ९ ओटा मुद्दाहरुलाई  भ्रष्टाचार गरेको ठहर गर्दै कारवाहीका लागि बिशेष अदालतमा मुद्दा दर्ता गराएको समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ