arrow

केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा काँग्रेसका कुन् कुन् नेताले बोले ? 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
congress-party-office.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो देखि जारी बैठकको दोस्रो दिन आईतबार पनि बसेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा  पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन, बी।पी। नगर, ललितपुरमा पार्टीका विभिन्न कार्यसमिति सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए । 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा सम्बन्धी विषयमा केन्द्रित आइतबारको बैठकमा केन्द्रीय सदस्यहरु डा। नारायण खड्का, डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एन।पी। साउँद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, पुष्पा भुसाल, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सिता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, रमेश लेखक र किरण यादवले आ–आफ्नो धारणा राखे । बोल्न बाँकी केन्द्रीय सदस्यहरुले सोमबार दिउँसो ११ बजे बस्ने बैठकमा आ आफ्नो धारणा राख्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ