arrow

अवैधानिक नियुक्ति खारेजीको माग राख्दै तालाबन्दी 

क्याम्पस प्रमुख चन्दले प्रकृया मिचेर प्राध्यापक भर्ना गरेका आरोप

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ साउन ८ आइतबार
siddhanath_science_campus.jpg__700x700_q85_subsampling-2_.jpg

कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले अवैधानिक नियुक्ति खारेजीको माग राख्दै आइतबार क्याम्पस प्रमुख पूर्ण बहादुर चन्दको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । सूदुर पश्चिमाञ्चल विश्वविद्यालयमा विज्ञान तथा प्रविधि संकायको डिनमा नियुक्त भएका सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख प्रा.डा.पूर्ण बहादुर चन्दले प्रकृया मिचेर एकलौटी रुपमा नयाँ प्राध्यापक नियुक्त  गरेकाले अनिश्चितकालिन तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका नेता सत्यप्रसाद कोईरालाले बताए । 

नेपाल विद्यार्थी संघ सिद्धनाथ विज्ञान क्याम्पसका नेता सत्यप्रसाद कोईरालाले विज्ञान क्याम्पसका अवैधानिक रुपमा नयाँ प्राध्यापक नियुक्त  गरिएकाले तालाबन्दी गरिएको जानकारी दिएका हुन् । अवैधानिक रुपमा नयाँ प्राध्यापक नियुक्त गरिएकाले विद्यार्थीको भविष्य बर्बाद गर्ने खेल भएको छ’, उनले भने,’ ‘आफू निकटका मानिसलाई प्राध्यापकमा नियुक्ति गरेर क्याम्पसलाई डुबाउन खोजेको छ ।’

यसैगरी विभिन्न विद्यार्थी संघ संगठनले प्रकृया मिचेर पा्रध्यापक नियुक्त गरिएको भन्दै विरोध जनाएका छन् । उनीहरुले विज्ञापन नै नगरी प्रकृया मिचेर मनपरी गरेको आरोप लगाएका छन्। उक्त नियुक्ती खारेजीको माग समेत गरेका छन् ।  साउन १ गते  दिल्लीप्रसाद खरेललाई रसायन शास्त्र विषयको वर्षका लागि प्राध्यापकमा नियुक्ति दिएको छ । भने साउन ८ गते ३३ नम्बरमा उनको नियुक्ती दर्ता गरिएको छ । साउन ८ गते नै उप प्राध्यापक विमला शाक्यलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेबारी दिएको छ ।

शाक्यको दर्ता नम्बर ३२ र साउन १ गते नियुक्त दिएका खरेलको दर्ता नम्बर ३३ भएको भन्दै विद्यार्थी संगठनले फर्जी भएको भन्दै खारेजीको माग अघि सारेका छन् । १ गते नियुक्त पाएका खरेलको ७ दिनसम्म दर्ता नभएको भन्दै फर्जी काम भएको टिप्पणी गरेका छन् ।  नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नियुक्ति खारेजीको माग गरेका छन् । 

अनेरास्ववियु सिद्धनाथ विज्ञानका इकाई अध्यक्ष दिपक सिह साउदले अवैधानिक ढङगबाट भएका नियुक्ती खारेजीको हुनुपर्नेमा जोडदिए । वैधानिक रुपमा प्राध्यापक नियुक्त गर्न समेत उनले माग गरेका छन् । अखिल क्रान्तिकारीका तिलक मालले गलत ढङ्गबाट प्राध्यापक नियुक्त गरिएकोले तत्काल निर्णय सच्याउनु पर्ने बताए  । सिद्धनाथ विज्ञान क्याम्पसका निमित्त प्रमुख विमला शाक्यले शिक्षक नियुक्ति बारे आफूलाई अगाडि कुनैपनि जनकारी नभएको बताईन् । उनले प्रकृया वैधानिक भए नभएको जाचबुझ गरेर मात्र त्यसको बारेमा निर्णय गर्ने बताइन् ।

अखिल क्रान्तिकारी र नेवि संघले अवैधानिक ढङगबाट शिक्षक नियुिक्त खारेजी नभए अडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । क्याम्पसका प्रमुख प्रा.डा.पूर्ण बहादुर चन्दले प्रकृया मिचेर एकलौटी रुपमा नयाँ प्राध्यापक नियुक्त  गरेकाले अनिश्चितकालिन तालाबन्दी गरिएको विद्यार्थी संगठनको आरोप छ  । विज्ञान क्याम्पसका प्राध्यापकहरुले समेत अवैधानिक नियुक्ति खारेजीको माग गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ