arrow

गोविन्द केसीको अनसन हुनुअघि विवेकशीलले बुझायो प्रधानमन्त्रीलार्इ ज्ञापन

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
bibekshil_dal.JPG

काठमाडौं । विवेकशील नेपाली दलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । दलले डा. गोविन्द केसीका सम्पूर्ण मागहरु तुरुन्तै पूरा गरी उनको ११ औं अनसन रोक्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो । 

नेपालको स्वास्थ्य शिक्षा क्षेत्र सुधारको लागि पटक-पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमबारदेखि आमरण अनसन सुरु गर्दै छन् । विगतमा नेपाल सरकारले डाक्टर केसीसँग गरेको सम्झौताहरु पालना गराउन बारम्बार अल्टिमेटम दिंदा पनि सरकारले चासो नदिएकै कारण उनी आमरण अनसन बस्न लागेका हुन् । लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा स्वास्थ शिक्षा जस्तो संवेदनशील क्षेत्रमा व्यापक अनियमितता तथा माफियातन्त्र हावी हुँदा पनि सरकार मौन रहनु र त्यसका विरुद्ध एउटै डाक्टरले पटक-पटक आमरण अनसन बस्नु पर्ने अवस्था सृजना हुनु लोकतन्त्रकै उपहास रहेको ठहर विवेकशीलको छ ।

स्वास्थ्य शिक्षा ऐन नहुँदा चिकित्सा क्षेत्रमा व्यापक अनियमितता भएको छ । पछिल्लो समयमा स्नातकोत्तर पढाईमा वीरगन्जको नेसनल मेडिकल कलेज र भैरहवाको युनिभर्सल कलेजले मेरिट अनुसार विद्यार्थीहरु भर्ना गर्न नमाने पछि पढ्नु पर्ने समयमा विद्यार्थीहरु अदालतको चक्कर काटेर बस्नु परेको स्थिति छ जुन समस्याले एक प्रवृतिको रुप लिइसकेको छ । भर्ना शुल्कमा भइरहेको व्यापक अनियमितता, विद्यार्थीहरुसँग जथाभावी शुल्क उठाउन केहि निजि मेडिकल कलेजहरु तछाड-मछाड गरिरहेका छन् जसको असर समग्र स्वास्थ शिक्षा र नागरिकले प्राप्त गर्ने स्वास्थ सेवामा परिरहेको दलको ठहर छ । 

नागरिकहरुले स्वास्थ शिक्षा प्राप्त गर्नकै निम्ति आफ्नो घर-खेत बेच्न नपरोस, स्वास्थ उपचार नपाएर कुनै पनि नागरिकको विचल्ली नहोस भन्ने नै समग्रमा डाक्टर गोविन्द केसीका मागका आशय हो जसको उपलब्धि भोलिका दिनमा हरेक नेपालीले उपभोग गर्न सक्नेछ । प्रधानमन्त्री शेर बहादुर देवाले स्वास्थ शिक्षामा तथा स्वास्थ सेवामा सबैको समान पहुँचको आधार बन्ने यी मागहरु पुरा गर्छु भनेर केहि समय अगाडिको एक टेलिभिजन कार्यक्रममा पनि प्रतिवद्धता जनाई सक्नुभएको छ, त्यसैले आज नै ति सम्पुर्ण प्रतिवद्धताहरु पुरा गरि भोलिदेखि सुरु हुन लागेको सत्याग्रहलाई रोक्न विवेकशील नेपाली दलले माग गरेको छ ।

साथै, दलले विभिन्न नारा सहित प्रधानमन्त्री निवास अगाडि धर्ना कार्यक्रम गरेको थियो । कार्यक्रममा “लुटतन्त्र कहिले सम्म, हामी चुप जहिले सम्म”, “डा. केसीको माग पुरा गर”, जस्ता नाराहरु लगाईएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ