arrow

विद्यार्थी परिचयपत्रमा रात्री छुट प्रकरण, जिल्ला प्रशासनले प्रहरीलाई पत्र काट्यो

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
student-degree.jpeg

पोखरा । विद्यार्थी परिचयपत्रमार्फत सार्वजनिक यातायातमा छुटको माग गर्दा छात्राहरुलाई दुव्र्यवहार गर्ने यातायात सहचालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, कास्कीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई पत्र काटेको छ ।

आइतबार पीडित छात्राहरुले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई लिखित उजुरी दिए पछि प्रशासनले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

शुक्रबार साँझ पोखराबाट लेखनाथ जाने क्रममा पोखरा विश्वविद्यालयमा अध्ययनरत पाँच जना छात्राहरुलाई स्थानिय श्रृंगा यातायातका सहचालकले दुव्र्यवहार गरेपछि छात्राहरुले विभिन्न सम्बन्धित निकायहरुमा लिखित उजुरी गरेका थिए ।

विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाहेक, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पोखरा उपत्यका नगर विकास समिति लगायतका कार्यालयहरुमा कारबाहीको माग तथा छुटको ग्यारेन्टी माग गरेका थिए ।

ना ५ ख ४३३५ नं. को बसले साँझ ७ः३० बजे विद्यार्थी छुटको माग गर्दा उनीरुलाई बसबाट झर्न दवाव दिँदै आफुहरुमाथि अभद्र व्यवहार गरी आतंकित बनाएको पीडित विद्यार्थी प्रमिला पौडेलले बताइन् ।

उनीहरुले विद्यार्थीहरुलाई प्रदान गरिने विद्यार्थी छुटको अनुगमनका लागि एक निकाय बनाई हटलाइन सेवाको समेत माग गरेको उनले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ