arrow

नक्कली नोटको कारोवारमा संलग्न दुई जना पक्राउ

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
arrest.JPG

विराटगनर । ठूलो परिमाणको नक्कली नोटको कारोवारमा सलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पाँच सय दरका ३ सय ४८ थान नेपाली रुपैयाँको १ लाख ७४ हजार नक्कली नोटसहित विराटनगर ६ का २२ वर्षिय संगित महतो र विराटनगर ७ का २१ वर्षिय सुमन तोलाङी लाई  पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख संदिप भण्डारीका अनुसार पक्राउ गरिएकाद्धयलाई विराटनगर ९ स्थित रघुनाथ पेट्रोल पम्प पछाडिबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरी प्रमुख भण्डारीले संकास्पद रुपमा हिंडिरेहको अवस्थामा संगित महतोलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा ५ सय दरका १ सय ५० थान  ७५ हजार रुपैयाँ नक्कली नोट फेला परेको र अन्य सुमन तोलाङीवाट ५ सय दरका १ सय ९८ थान नक्कली नोट ९९ हजार फेला परेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ