arrow

तीन सातादेखि अवरुद्ध राँके–रवि सडक सञ्चालनमा

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
rake-rabi-sadak.jpg

इलाम । बर्सातका कारण तीन सातादेखि अवरुद्ध राँके–रवि सडक आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । 

इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पञ्चमी नजिकै मगर भित्तामा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । 

सडकको मर्मतसम्भार र स्तरोन्नति गरेपछि सडक पुनः सञ्चालनमा आएको हो । 

पहिरो हटाउन फाल्गुनन्द–५ का समाजसेवी तिलविक्रम चेम्जोङ र फाकफोकथुम गाउँपालिका–१ का वडाध्यक्ष टेकवीर नेम्वाङले पहल गरेपछि सडक डिभिजन कार्यालय इलामबाट डोजरसहित सडक सुपरभाइजरको टोलीले मर्मत गरेको बाटो अनुगमन समितिका अध्यक्ष दानबहादुर अधिकारीले जानकारी दिए । 

झापाको विर्तामोड, इलाम र फिदिमबाट पाँचथर, इलामको फाकफोथुम, सप्तमी, रवि र यासोकतर्फ जाने सवारीसाधन नचल्दा जनजीवन कष्टकर बनेको थियो । 

सो सडकमा दैनिक ५० भन्दा बढी ट्याक्सी, मोटरसाइकल, एम्बुलेन्स र ट्याक्टर सञ्चालन हुने गरेका छन् । 

सोही सडकबाट इलाम र पाँचथरका ग्रामीण वस्तीमा दैनिक उपभोग्य सामान, बिरामी र निर्माण सामग्री ओसारपसार गरिँदै आएको थियो । वर्षाले सडक चिप्लो भई गाडी चलाउन कठिनाइ भए पछि यात्रुले कष्टकर यात्रा गर्दै आएका छन् । 

करिब १०३ किलोमिटर दूरी रहेको उक्त सडक राँकेदेखि धनकुटा भेडेटारसम्म महाभारत डाँडा हुँदै पहाडी क्षेत्रमा पर्दछ । 

यहाँबाट रवि–चिसोपानी पञ्चमी हुँदै झापाको दमकसमेत जोडिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको कालोपत्र योजनाका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको र निकट भविस्यमै सुविधायुक्त राजमार्ग बन्न लागेको सडक सुपरभाइजर सौरव बस्नेतले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ