arrow

काँग्रेसले गर्‍यो दुई दर्जन सदस्यलाई कार्बाही

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
congress.jpeg

दाङ। नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका बीस बढी सदस्यलाई कार्बाही गरेको छ ।

जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपूबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी रहेका छन् ।

त्यस्तै वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी, रहेका छन्  भने वडा नं ४ वाट धनेश्वर भण्डारीलाई कार्बाही गरेको नेपाली काँग्रेस बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले बताए । कार्बाहीमा परेकामध्ये चारजना नै चारवटा स्कुलका प्रधानाध्यापक रहेको नेपाली काँग्रेस बबई गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ