arrow

हत्या, हिंसा बढेकोबारे गृहमन्त्रीले दिए कडा वक्तव्य, अपराध गर्नेलाई माफी नहुने

‘राष्ट्रिय परिचयपत्रमा आमाको मात्र होइन, हजुरआमाको पनि नाम छ’

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
janardan_sharma1.JPG

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले हत्या, हिंसामा संलग्नहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबारको व्यवस्थापिका संसद बैठकमा गृहमन्त्री शर्माले हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।
गृहमन्त्री शर्माले पछिल्लो समय महिलाको हत्याका श्रृंखला बढेको उल्लेख गर्दैै हिंसा हुन नदिन सरकार प्रतिवद्ध रहेकोे स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘महिला हिंसा न्यूनिकरणका लागि सरकारले सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ, केही समययता दैलेख, रुकुम, बाँके, खोटाङ, भोजपुर लगायतका जिल्लामा महिला हत्या र हिंसाका घटना बढ्दै गईरहेको तथ्याङक छ । त्यसबारे अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढ्छ ।’

महिलामाथि हुने हिंसा रोक्नका लागि अपराध अनुसन्धान र सजाय हुँदाहुँदै पनि यस्ता घटना नरोकिएको भन्दै उनले भोजपुर, खोटाड बाँकेलगायत जिल्लामा घटेका घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री शर्माले महिलामाथि हुने हिंसा रोक्नका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्थानीय सरकारमा समेत छुट्टै महिला डेस्क स्थापना गर्न जरुरी देखिएको र त्यसको तयारी भइरहेको बताए ।

दाइजोका नाममा जिउँदै जलाइनु, आफ्नै पतिबाट श्रीमतीको हत्या हुनु, बालिका बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्दै गएकाले त्यसलाई रोक्न कडाभन्दा कडा कानुन बनाउन व्यवस्थापिका–संसद्अन्तर्गतका समितिलाई समेत मन्त्री शर्माले आग्रह गरे । ।

यस्तै, गृहमन्त्री शर्माले राष्ट्रिय परिचय–पत्रमा आमाको नाम छुटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘राष्ट्रिय परिचयपत्रमा आमाको मात्र होइन, हजुरआमाको नाम पनि राखिएको छ ।’ परिचयपत्र नेपाली र अंगे्रजी दुवै भाषामा बनाएको शर्माले बताए ।

सरकारले तयार पारेको राष्ट्रिय परिचय पत्रमा गम्भिर त्रुटि भेटिएको उल्लेख गर्दै केही दिन अघि समाचार प्रकाशित भएको थियो । त्यो समाचार भ्रमपूर्ण रहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले राष्ट्रिय परिचय पत्रमा तीनपुस्ते नै उल्लेख गरिएको पनि बताए । गृहमन्त्री शर्माले सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र पूर्ण समाचार सम्प्रेषण गर्न पनि आग्रह गरे ।
 

बाढी पहिरोबारे चिन्ता
गृहमन्त्री शर्माले मुलुकमा बाढीपहिरो र पीडितबारे पनि चासो एवं चिन्ता जनाएका छन् । उनले बर्खाको समयमा बाढी पहिरोमा परेका पीडितबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

गृहमन्त्री शर्माले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोका कारण भयावह स्थिति सिर्जना भएको र बाढीले चपेटामा परेका पीडितलाई सहयोग गर्न विपद् व्यवस्थापनको बैठक बसी काम गरिरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ