arrow

शाहरुख खान पैसा छैन भन्छन् -मरेपछि सन्तानलाई घर दिने रे !

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
shah-rukh-khan.jpg

एजेन्सी । बलिउड अभिनेता शाहरुख़ खान भन्छन् मरेपछि उनि आफ्ना सन्तानको लागि विरासतमा राम्रो शिक्षा र घर बाहेक केहि पनि छोड्ने छैनन् ।सो कुरा शाहरुखले एक न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा बताएका हुन् ।अन्तर्वार्तामा शाहरुखले भने , "हामि मध्यम वर्गीय मानिस हौ ।हाम्रो चाहाना पैसाको होइन । म र गौरी यस कुराको विश्वास गर्छौ कि यदि पैसा भए त्यसलाई राम्रो जिवन जियउनमा लगाइयोस।"

शाहरुखले अन्तर्वार्तामा भने, "मैले कहिले पैसा जोगाइन ।जुन थियो , त्यसलाई चलचित्र निर्माण र जरूरी काममा लगाए।"

सन्तानलाई घर छोड्ने बिषयमा शाहरुखले भने, "मुम्बई आउनु भन्दा पहिले मसँग घर थिएन।यसैले म आफ्नो सन्तानलाई घर दिन चाहान्छु।यस बाहेक, उनिहरुलाई राम्रो शिक्षा पनि दिन चाहान्छु ।"

 शाहरुखले भने , "मेरा सन्तान आफ्नो हिसाबले सादा जीवन जिउछन् ।  हामि उनिहरुको आवश्यकता पुरा गर्छौ ।तर हामिसँग पैसाको कुनै बचत छैन जुन उनिहरुलाई बिरासतमा दिन सकौ ।"

 शाहरुख र गौरी तीन सन्तानका अभिभावक हुन् । सन् १९९७ मा उनिहरुको ठूलो छोरा आर्यनको जन्म भयो ।उनले २०१६ मा ग्रेजुएशन पुरा गरे । आर्यन चाडै बलिउडमा डेब्यू गर्दैछन् । उनिहरुको दोस्रो सन्तानको रुपमा छोरी सुहानाको जन्म २००० मा भयो । १७ बर्षिय सुहाना अहिले धीरूभाई अम्बानी इन्टरनेशनल स्कूलमा अध्ययन गरिरहेकी छन् ।उनलाई नृत्य र खेलकुदमा सौख रहेको छ ।

सन् २०१३ मा शाहरुखका कान्छा छोरा अबरामको जन्म भयो, जुन सरोगेसीबाट भयो। शाहरुखका अनुसार, उनि इस्लामलाई मान्छन्, तर उनकी श्रीमतिको धर्ममाथि पनि पुरा आस्था रहेको छ । उनका सन्तान दुवै धर्म मान्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ