arrow

दिल्लीमा महतोलाई भेटेर के भने रामचन्द्रले?

महतोको स्वास्थ्य स्थिति बुझे पौडेलले

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
ramchandra-rajendra.jpg.jpeg
काठमाडौं। भारत भ्रमणमा रहेका काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटेका छन्। धार्मिक तथा राजनीतिक भेटमा दिल्ली रहेका पौडेलले स्वास्थ्य उपचार पछिको राजनीतिक भेटघाटका लागि दिल्लीमै रहेका महतोलाई भेटेका हुन। उनीहरुबीच दिल्लीको एक होटलमा भेट भएको थियो।
 
महतोसँगै रहेका भतिज उपेन्द्र महतोले काँग्रेस नेता पौडेलले अध्यक्ष महतोको स्वास्थ्य अवस्था बारे जानकारी लिंदै स्वास्थ्यलाभको कामना गरेका जानकारी दिए। दुई नेताबीच तराइ मधेशमा जारी आन्दोलनलाई निकास दिने बिषयमा छलफल भएको थियो। 
 
महतोलाई नेता पौडेलले तराई मधेशको आन्दोलनलाई राजनीतिक रुपमा सम्वोधन गरि नाकाको आन्दोलनलाई रोक्न आग्रह गरेका थिए। नाकाबन्दीको कारण देशभर अभाव र तस्करी बढेकोमा चिन्ता व्यक्त गर्दै पौडेलले संविधान संसोधन मार्फत तराई मधेशको आन्दोलनलाई सम्वोधन गर्न आग्रह गरेका थिए। 
 
मधेश समस्याका सम्वन्धमा काँग्रेसले संविधान संसोधनका लागि मोर्चासँग समेतको परामर्शमा संविधान संसोधनको गृहकार्य गरिरहेकोले त्यसमा सहमतिमा पुग्न र मोर्चालाई पनि त्यसमा पुर्‍याउन पौडेलले सुझाएका थिए।  
 
महतो विराटनगरमा झडपमा परेपछि मोर्चासँगको सहकार्यका अलावा तराई मधेशमा छुट्टै आन्दोलनमा जाने घोषणा गरेको थियो भने सरकारसँगको वार्ता पनि वहिष्कार गरेको थियो।
 
भारतीय गृहमन्त्री राजनाथ सिंह विदेशमन्त्री सुस्मा स्वराज लगायतका नेताहरु र स्वामी रामदेवलाई भेट्न कांग्रेस उपसभापति पौडेल भारत भ्रमणमा छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ