arrow

प्रचण्डको उद्घोष : वैद्य, विप्लव र बाबुरामलाई एकै ठाउँमा ल्याएरै छाड्छु

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
pmprachandadahal.jpeg

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न धारामा विभक्त माओवादी समूहलाई एकै ठाउँमा ल्याएरै छाड्ने उद्घोष गरेका छन् ।

अध्यक्ष दाहालले माओवादी पार्टी फुटको सिकार भएको  भन्दै  फेरि एकताका लागि पहल भइरहेको र सबै फुटेका माओवादी एकैचोटी एकजुट हुने उद्घोष गरेका हुन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै भने, ‘अहिले त माओवादी पनि कति नामका भएका रु माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र  तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं  । ’

दाहालले भने, “जनताले पनि माओवादी मिल भन्ने जनादेश दिएका छन् । माओवादी आन्दोलनको मूल प्रवाह माओवादी केन्द्र नै भएको पुष्टि भएको छ । अब एकता गर्नुको विकल्प छैन ।”

उनले पुनःपार्टी एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र डा बाबुराम भट्टराईलाई आग्रह गरे । माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि विशेष प्रस्तावसमेत पारित गरेको छ ।

अध्यक्ष दाहालले भने,  “अब छुट्टा–छुट्टै बसेर जनता र राष्ट्रको चाहना पूरा हुन सक्दैन र क्रान्तिको उपलब्धिको समेत रक्षा हुन सक्दैन । आउनुस् एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँला, एकता आजको प्रमुख आवश्यकता हो ।” उनले केही समयभित्रै एकता प्रक्रियाले गति लिने विश्वास लिए ।

संस्थापक नेता कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्ने हो भने सच्चा क्रान्तिकारी मिल्नुको विकल्प नभएको दाहालको भनाई छ । उनले सबै शक्तिका बीचमा एकता गरेर जनतातिर फर्कने हो भने माओवादी पुनः पहिलो शक्तिका रुपमा स्थापित गर्न सकिने उनको दृढता छ ।

दाहालले भने, “ मेहनत गर्ने क्रान्तिकारी कार्यकर्ता पंक्ति छ, विगतमा हामी बिग्रिएका हाँै । केही सुधार गरेर जनपक्षीय एजेण्डाका साथ जाने हो भने हामी पुनःसफल हुन सक्छौँ ।” ‘उज्यालो नेपाल अभियान’मार्फत जनतामा परेको सकारात्मक प्रवाहले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धि गर्न सक्छ भन्ने स्पष्ट भएको अध्यक्ष दाहालको भनाइ छ ।

आफ्नो नेतृत्वको सरकारले आर्थिक वृद्धि दर सात प्रतिशतको हाराहारीमा पुगेको, चीन र भारतसँगको सम्बन्ध नयाँस्तरमा विकास भएको, संविधान कार्यान्वयनले गति लिएको, मुलुक राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेकाले जनतामा नयाँ विश्वास पैदा भएको दाहालको जिकर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ