arrow

काँग्रेस बैठकमा मन्त्रिपरिषद विस्तारकै 'चड्चडी', दोष जति देउवामाथि

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
congress_news2.jpg

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल काँग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रिपरिषद विस्तारमा भएको ढिलाईबारे सवाल जवाफ भएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरेकोमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरे । उनीहरुले प्रधानमन्त्री देउवालाई ढिलाई हुनुको कारणबारे प्रश्न समेत गरेका छन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले प्रधानमन्त्री देउवाको कार्यशैलीको समेत खरो आलोचना गरे ।

मन्त्रिपरिषदलाई छिटो पूर्णता दिई सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानकर्षण गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदिप पौडेलले बताएका छन् । मन्त्रिपरिषद विस्तार नहुँदा सरकारको कामले गति नलिएको र बाहिर सरकार सुस्ताएको तथा सुतेको टिप्पणी भइरहेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराएको उनले बताए ।
‘मन्त्रिपरिषद् विस्तार कहिले गर्नु हुन्छ ? भनेर हामीले नेतृत्वलाई प्रश्न गरेका छौँ, उनले भने, ‘यसबारे बैठकमा सभापतिको ध्यानाकर्षण भएको छ ।’

यस्तै, छलफल हुँदै जाँदा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समयमै सम्पन्न गर्न पनि नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकले स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी पहिलो शक्ति बन्न नसक्नुमा पार्टी नेतृत्वको कमजोरी रहेको निष्कर्ष समेत निकालेको छ ।  

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश नम्बर २ को निर्वाचनको उम्मेदवारी तय गर्न पार्टी संसदीय बोर्ड नै गठन गर्न माग गरेका छन् । देउवा पक्षधर नेताहरुले भने पार्टी सभापतिले सबैलाई समेट्न खोज्दा समय अपुग भएको र केही कमिकमजोरी भएको भन्दै बचाउ गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ