arrow

कर्मचारीको विदेश भ्रमण रोकिएन, प्रधानमन्त्रीको आदेश व्यर्थैमा

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
plane-air.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अवज्ञा गर्दै सरकारी कर्मचारीहरु विदेश भ्रमणमा गएका छन् । 

प्रधानमन्त्री देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । 

तर, विदेश भ्रमणका लागि सरकारी स्वीकृति दिने काम रोकिएको छैन, केही कर्मचारी विदेश भ्रमणमा छन् । 

अहिले एक सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा छन् भने आगामी दुई साताभित्रै दुई सय कर्मचारीले भ्रमणमा जाने स्वीकृति लिएका छन् ।

सोमबारमात्रै परराष्ट्र र स्थानीय विकास मन्त्रालयका १० जना अधिकारी क्षेत्रीय सरकारका बारेमा सिक्न र अनुभव आदानप्रदान गर्न भन्दै अस्ट्रेलिया भ्रमणमा निस्किएका छन् । 

शुक्रबार कृषि विकास, स्वास्थ्य, महिला बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ र अर्थ मन्त्रालय तथा महालेखा परीक्षकको कार्यालय र राष्ट्रिय महिला आयोगका करिब ९० जना अधिकारी विभिन्न देशको भ्रमणमा गएका छन् ।

कृषि विकास मन्त्रालय तथा विभिन्न विभागका कम्तिमा १६ जना अधिकारी दक्षिण कोरिया र स्वीट्जरल्याण्डमा छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ