arrow

पहिलो पटक भारी मात्रामा पेट्रोलियम पदार्थ आयो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
234662318.jpeg

धनगढी । भारतले गरेको नाकाबन्दी पछि मंगलबार पहिलो पटक कैलाली भन्सार हुँदै सबैभन्दा बढी तीन लाख ६८ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल भित्रिएको छ ।

मंगलबार २० हजार लिटर क्षमताका १६ र १२ हजार लिटर क्षमताका चार ट्याङ्कर डिजेल भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले जानकारी दिए ।

यसैगरी, २० हजार लिटर क्षमताका दुई ट्याङ्कर पेट्रोल भित्रिएका छन् । नाकाबन्दीपछि भारतीय आयल निगमले पहिलो पटक माग अनुसारको पेट्रोलियम पदार्थ उपलब्ध गराएको नेपाल आयल निगमका कर्मचारीले बताए ।

यसअघि माग परिमाणको १० प्रतिशतमात्र पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको भारतीय आयल निगमले आज भने पर्याप्त तेल दिएको निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख पौडेलले बताउनुभयो ।

सोमबारसम्म निगमको क्षेत्रीय कार्यालयमा आठ लाख लिटर डिजेल र ५६ हजार लिटर पेट्रोल मौज्दात थियो । इन्धन आपूर्तिमा केही सहज भएपछि मंगलबार सुदूरपश्चिमका ६७ वटा पेट्रोलियम पम्पबाट कोटा प्रणालीको आधारमा डिजेल तथा पेट्रोल बिक्री वितरण भएको छ ।

मागअनुसारको परिमाणमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुनसकेमा आगामी चार–पाँच दिनसम्ममा सुदूरपश्चिममा आपूर्ति सहज भई अभाव हट्ने क्षेत्रीय कार्यालयका प्रमुख पौडेलले बताए ।

यसैबीच भारतको उत्तर प्रदेशस्थित बन्थरा डिपोमा पुगेका आयल निगमका २६ ट्याङ्करमा पनि पेट्रोलियम पदार्थले लोड भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ