arrow

भएन मन्त्रिपरिषद विस्तार : देउवाबाट नाम टुंगियो, पौडेल समूहमा तँछाडमछाड

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
deuba-ramchandra.jpeg

काठमाडौँ  । मंगलबारै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास विफल भएको छ । काँग्रेसबाट सरकारमा सहमागि हुने मन्त्रीहरुको टुंगो लाग्न नसकेपछि मन्त्रिपरिषद् विस्तारको प्रयास विफल भएको हो ।

काँग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट मन्त्रीहरुको टुंगो लागेपनि रामचन्द्र पौडल पक्षधरले कसलाई पठाउने भन्ने यकिन गर्न नसक्दा मंगलबारको प्रयास खेर गएको हो ।

प्रधानमन्त्री देउवाका एक सहयोगिले भने, ‘रामचन्द्र पौडेल पक्षलाई ४ मन्त्रालय दिनेमा कुरा मिल्यो । आकांक्षी धेरै भएपछि उहाँहरुले क–कसलाई पठाउने भन्ने टुंगो लगाएर प्रधानमन्त्रीलाई सूची दिनु भएको छैन । छलफलमै हुनुहुन्छ ।’ स्रोतका अनुसार पौडेल समूहमा मन्त्री को जाने रु को बस्ने रु भन्ने विषयमा मारामार भएको छ ।

पौडेल पक्षधर नेताहरुले आकांक्षी मिलाउन नसकिएको भन्दै पाँच जना मन्त्री आफुलाई दिन भन्दै प्रधानमन्त्रीसँग फेरि बसेर छलफल गर्नु पर्ने बताएका छन् । पौडेलका एक सहयोगिले भने, ‘छलफल भइरहेको छ । प्रधानमन्त्रीसँग फेरि बसेर कुरा गर्ने भनिएको छ ।’

माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै बारम्बार ताकेता गरिरहेको छ । प्रधानमन्त्री देउवाले सोमबार मात्रै काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिनेवित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बचन दिएका थिए ।

माओवादीले आफुले पाउने मन्त्रालय र मन्त्रीको सूची पठाइसकेको छ । काँग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने सहमति भएको छ ।
काँग्रेसबाट क–कसको चर्चा ?
भीमसेनदास प्रधान
मीन विश्वकर्मा,
अर्जुन जोशी,
वीरबहादुर बलायर
अम्बिका बस्नेत
बलबहादुर केसी,
रामकृष्ण यादव,
राजन केसी
सरिता प्रसाई
मोहनबहादुर बस्नेत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ