arrow

करिब छ लाखसहित एघार जुवाडे पक्राउ

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
gamblers.jpeg

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले मंगलबार दिउँसो जुवा खेलिरहेका एघार जुवाडे पक्राउ गरेको छ । भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी एघार जनालाई  पाँच लाख ९४ हजार ३२० रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाया नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तास, एक थान मोटरसाइकल र दश थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक रोकायाले एघार जुवाडे पक्राउ गरिएको बताउँदै उनीहरुको साथमा बरामद सामग्रीको विवरण संकलन भइरहेको जानकारी दिए । उनीहरुको समूह कैलाली र कञ्चनपुरका विभिन्न जंगलदेखि कोठा भाडामा समेत लिएर प्रहरीलाई छलेर लामो समयदेखि जुवा खेल्दै आएको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ