arrow

मुम्बईमा घटनाः मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
buliding-collapse-india.jpg

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि आवश्यक प्रयास जारी राखिएको छ । 

यस घटनाबाट यस पहिले एघार जनालाई उद्धार गरिएको छ । 

अग्नी नियन्त्रक कार्यायलका एक अधिकारी पि रहाङदेलका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन् । 

यस घटनामा उद्वार गरिएका सवैजनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । भारतीय भौतिक संरचना निर्माण विज्ञले भवन बनाउने क्रममा भवन निर्माण नियमलाई पालना नगरी गुणात्मक सामग्रीको प्रयोग नहुँदा, निर्माणका क्रममा आवश्यक निरीक्षणको अभाव लगायतका कारण भवन भत्किएको जनाएका छन् । 

सन् २०१३ मा पनि मुम्बईमा कानूनी प्रावधान नपुर्‍याइकन निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ