arrow

वरिष्ठ कलाकार डिना वाङ्देलको निधन

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
dina-bangdel1.jpg

काठमाडौँ । वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा निधन भएको छ । 

मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उहाँको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिए । 

भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आएकी थिइन् । 

आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलका छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुख थिइन् । 

नेवारी परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पुर्‍याएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आएकी थिइन् । 

वाङ्देलका श्रीमान् र दुई छोरा अमेरिकामा नै बस्दै आएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ