arrow

यु–१९ विश्वकप छनोट क्रिकेटः नेपालले के पायो ? सन्दिप लामिछाने मात्रै बने हिरो  

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
u-19-cricket-nepal.jpg

काठमाडौं । सिंगापुरमा सम्पन्न यु–१९ वर्ष मुनीको एसियाली समूहको विश्वकप छनौट क्रिकेट खेलेर नेपाली टोली बुधबार नेपाल फर्किदैछ ।

नेपालले अफगानिस्तानसंग पराजय बेहोरेर दोस्रो स्थानमै चित्त बुझाएर फर्किएको हो । नेपाल न त छनोट भयो न त अफगानिस्तानलाई हराउनै सक्यो । 

चार टोली सहभागी प्रतियोगितामा नेपालले मलेसिया र सिंगापुरलाई हराउन सक्यो । डबल राउण्ड रोविनको आधारमा खेलाइएको खेलमा नेपालले अफगानिस्तानसंग दुबै खेल हार्‍यो । 

पहिलो खेलमा १४१ रनले तथा दोस्रो खेलमा नेपाल अफगानिस्तानसंग ९६ रनले पराजित भयो । 

नेपाल यसअघि पनि अफगानिस्तानसंग विजयी हुन सकेको छैन । नेपालको ब्याटिङ यसपटक पनि चलेन । 

नेपालबाट कोही चले भने ती हुन् कप्तान सन्दिप लामिछाने । उनको ब्याटिङ नचले पनि बलिङ भने राम्रो भयो ।

म्यान अफ द सिरिज बनेका सन्दिपले ६ खेलमा २४ विकेट लिए । उनले पहिलो खेलमा सिंगापुर विरुद्ध ५ विकेट लिए । दोस्रो खेलमा मलेसिया विरुद्ध ५ विकेट नै लिए ।

तेस्रो खेलमा अफगानिस्तान विरुद्ध २ विकेट लिए । चौथो खेलमा सिंगापुर विरुद्ध ४ विकेट लिए । पाँचौं खेलमा मलेसिया विरुद्ध ७ विकेट लिए । छेटौं खेलमा अफगानिस्तान विरुद्ध १ विकेट लिए । 

सन्दिप हिरो भए पनि अफगानिस्तान विरुद्ध बढी विकेट ढाल्न सकेनन् । उनको कप्तानी पनि अफगानिस्तान विरुद्ध राम्ररी चलेन । 

नेपाली खेलाडीको ब्याटिङ चल्न नसक्नु यो प्रतियोगिताको तितो अनुभव हो । सुधार गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ