arrow

जनकपुर घटनाले दंगाको रुप लियो, मोटरसाइकल जलाउने व्यापारीका पसलमा ताला

शुक्रबारदेखि शिक्षण संस्था समेत ठप्प

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Jankpur.jpg.jpeg
जनकपुर । धनुषाको जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले उग्र रुप लिएको छ । जनकपुरमा विहिबार हाल सम्म तराई मधेसमा भएका आन्दोलनमा नघटेको घटना घटेको छ । दिउँसो व्यापारिसंग झडप गरेका मोर्चा कार्यकर्ताले साँझ आफ्ना नेताको मोटरसाईकल जलाउने व्यापारीको नाम ठेगाना खोजी–खोजी पसलमा ताला लगाई दिएका छन् । मोर्चा कार्यकर्ताले जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय शाह र व्यापारी अनन्त मिश्रको कपडा पसलमा ताला लगाएका जनकपुरबाट स्थानीय पत्रकार प्रविण शाहले जानकारी दिएका छन् ।
 
यो संगै घटनाले दंगाको रुप लिएको शाहले बताए । जनकपुरको जानकी मन्दिर वरपरका पसलहरु केही दिन देखि खुल्न थालेकामा दिउँसो मोर्चा कार्यकर्ताले मन्दिर नजिकैको एउटा रेडिमेट पसलमा तोडफोड गरे । लाठी र भाटा बोकेर बन्द गराउँदै हिंडेका मोर्चा कार्यकर्ताले पसल फोेडेको थाह पाएपछि व्यवसाय सन्चालनबारे छलफल गर्न बसेका व्यापारीहरु ओक्रोशित हुँदै बाहिर आउँदा बाटोमा मोर्चा कार्यकर्तासंग झडप समेत भयो ।
 
व्यापार संघको कार्यालयमा भइरहेको छलफल छोडेर बाहिर निस्केका व्यापारीले आक्रोशमा सद्भावना जिल्ला अध्यक्ष संजय सिंह र तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलको मोटर साईकल जलाए । आगजनी गरेका मोटरसाइकल काम नलाग्ने गरी ध्वस्त भएका छन् । यस्तै, मोर्चा कार्यकर्ताले आन्दोलन सशक्त बनाउने भन्दै शुक्रबार देखि सबै शिक्षण संस्था ठप्प पार्ने घोषणा गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ