arrow

भारत र श्रीलंकाबीचको पहिलो टेष्ट क्रिकेट सुरु

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
india-sl1.jpg

गाले । भारत र श्रीलंकाबीचको पहिलो टेष्ट क्रिकेट गालेमा सुरु भएको छ । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । 

मुरली विजय फिट नभएको र लोकेश राहुल बिरामी भएका कारण खेल्न नसकेपछि शिखर धवन टिममा फर्केका छन् । धवन सन् २०१६ को सेप्टेम्बरपछि पहिलो पटक टेष्ट मैदानमा रहेका छन् । 

यसै टेष्टबाट भारतीय खेलाडी हार्दिक पाण्डेयाले डेब्यू गरेका छन् । त्यसैगरी श्रीलंकाबाट दनुष्का गुणातिलकाले डेब्यू गरेका छन् । 

भारत ३ टेष्ट, ५ एक दिवसीय र एउटा टी–२० खेल्न श्रीलंका गएको हो । 

घरमा बलियो मानिने लंकन टिमले पछिल्लो ६ टेष्टमा ५ टेष्ट जितेको छ । भारतले श्रृंखलामा क्लिनस्वीप गरे श्रीलंकाको भुमिमा सबैभन्दा बढी टेष्ट जित्ने विदेशी टिम बन्नेछ । 

२१ खेलमा भारतले ६ खेलमात्र जितेको छ । जबकी पाकिस्तानले ८ खेल जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ