arrow

ट्रान्समिटर जलेपछि जलविद्युत परियोजना ठप्प

logo
कौरव खत्री,
प्रकाशित २०७४ साउन ११ बुधबार
tranfermer.jpg

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत परियोजनाको ट्रान्समिटर जलेपछि जलविद्युत अबरुद्ध बनेको छ । नगरपालिकाको वडा नं. १ अन्र्तगत पौदीअमराईमा रहेको ट्रान्समिटर जलेपछि वडा नं. १ का झण्डै २ सय, ५० घरधुरीका उपभोक्क्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

ट्रान्समिटर मर्मत संम्भार गर्न लगिएको हँुदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत परियोजना  सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।

यस्तै जलविद्युत सूचारु नभएपछि पौदीअमराई क्षेत्रमा भित्र रहेका कलकारखाना,उद्योग धन्दा, मुवाइलफोन, कुटानी पिसानी, विजुली वत्ति सञ्चारमाध्यम लगायत विद्युतीय यन्त्रहरु समेत ठप्प भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ