arrow

हिन्दु जागरण र शान्तिका लागि १३ बर्ष देखि बोलवम यात्रा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन ११ बुधबार
bolbom.jpg

स्याङ्जा । राज्यले हिन्दुधर्मको उपेक्षा गरेको भन्दै बेला बेलामा हिन्दुवादीहरुले आन्दोलन गर्दै आएका पनि छन् । मुलुकमा ०६२÷०६३ को जनआन्दोलन पछि धर्मनिरपेक्षता घोषणा गरेको करिव १० बर्ष वितिसकेको छ । मुलुकमा हिन्दुधर्मको जगेर्ना र शान्तिको कामना गर्दै स्याङ्जाका युवाहरुले १३ बर्ष देखि हरेक साउनको महिनामा नेपालमा रहेका धार्मिक स्थलहरुको दर्शन गर्न वोलबम यात्रा तय गर्दै हिन्दुधर्म जागरण र शान्तिका लागि भन्दै अभियान संञ्चालन गर्दै आएका छन् ।
 
बोलबम समिति वालिङको आयोजनामा स्याङ्जाको वालिङ देखी डोटीको खप्तड बाबाको दर्शनका लागि ८ दिने वोलबम यात्रा शुरु भएको छ । शान्तिका लागी बोलबम यात्रा भन्ने नाराका साथ आयोजना गरिएको बोलबम यात्रा यो १३ औं यात्रा हो । साउनको महिना शिवको महिना भन्ने धार्मिक भनाईलाई आत्म साथ गर्दै बोलबम वालिङ्ले यो बर्षको यात्रा डोटीको खप्तड बाबालाई रोजेका हुन् ।
 
२०६१ सालबाट शुरु गरिएको उक्त यात्रामा बिशेष गरेर युवाहरुको उल्लेख्य सहभागिता रहदै आएको छ । मुस्ताङ् जिल्लाको मुक्तिनाथ देखी  प्रारम्भ गरिएको यात्रा प्यूठानको स्वर्गद्धारी, सुनसरीको पिण्डेश्वर महादेव, चतराधाम, गोसाईकुण्ड, उपल्लो मुस्ताङ्को दामोदर कुण्ड लगायतका प्रशिद्ध तिर्थस्थलहरुमा कालीगण्डकी र स्याङ्जा जिल्लाकै प्रशिद्ध मानिने छाङ्छाङ्दी मन्दिरको जल चढाइसकेका छन् भने यस बर्ष डोटीको खप्तड बाबालाई जल चढाउने कार्यक्रम सहित आजबाट यात्रा शुरु गरेको छन् । बोलबममा यात्रा शुरु गर्ने युवाहरुलाई वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले विदाई समेत गरेका छन् । विदाई पछि नेपालकै प्रशिद्ध र पुरानो धार्मिक स्थल डोटीको खप्तड बाबाको महिमाका वारेमा खाँणले बोलबममा सहभागीहरुलाई जानकारी दिए ।

हरेक बर्षको साउन महिनामा बोलबमा समितिले मुलुकका प्रशिद्ध धार्मिक स्थलको छनोट गरी दुई महिना अगाडी देखि यात्रा तय गर्दै आएका छन् । यो बर्षको खप्तडमा पहिलो पटक सहभागी भएका वालिङका इश्वर श्रेष्ठले पनि खप्तड बाबाको दर्शनका लागि सहभागि भएका छन् । लामो यात्राको तय गरिएको छ तर पनि आफ्ना बुवाआमाले गर्दै आएको धर्मलाई निरन्तरता दिनका लागि यो यात्रामा सहभागी भएको श्रेष्ठले बताए ।

पछिल्लो समय युवाहरुमा धार्मिक जागरण बढ्दै जान थालेको छ । विगतका बर्षहरुमा धार्मिक चेतनाको कमी र धर्म निरपेक्षता मुलुक घोषणा भएका कारण पनि हिन्दुत्वलाई जोगाउन बोलबम समितिले धार्मिक स्थलको प्रचार प्रसार र धार्मिक जागरणमा जोड दिन थालेका छन् । सुदुर पश्चिमको भ्रमण यात्रा कहिल्यै नगरिएको र लामो समय तपस्यामा बसेका खप्तड बाबाको दर्शन गर्नका लागि डोटीको खप्तट बाबालाई रोजेको यात्रामा सहभागी युवराज गौतम बताउछन् ।

बोलबम समितीले मुलुकका विभिन्न भागमा दैवी प्रकोपमा परेकाहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको छ । अग्नि, बाढी, मृगौला पिडितहरुलाई आर्थिक सहयोग गरेको बोलबम समिति वालिङका अध्यक्ष दिपेन्द्र तिवारीले बताए । डोटीको खप्तड यात्रामा निस्केका बोलबमा समितिका सदस्यहरु ८० जनाको सहभागिता रहेको छ । स्याङ्जाका युवाहरुबाट यो जागरणको अभियान थालनी गरेपछि पश्चिमाञ्चलमा वोलबमको लहरनै चल्न थालेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ