arrow

काठमाडौं महानगरपालिकामा आजदेखि घरजग्गा कर उठाउन रोक 

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
mahanagar123.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्रभित्र घरजग्गा कर उठाउन रोक लगाएको छ । बजेट बनाउने समयमा घरबहालको सम्बन्धमा गम्भीर प्राविधिक त्रुटी देखिएपछि महानगरपालिकाले बुधबार नै एउटा परिपत्र जारी गरी तत्कालको लागि कर उठाउन रोक लगाईएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका कार्यकारी प्रमुख ईश्वर पौडेलले प्राविधिक रुपमा समस्या आएपछि अर्काे व्यवस्था लागू नभएसम्मको लागि घरजग्गा कर उठाउन बन्द गरिएको स्पष्ट पारे । उनले नगरपरिषद्बाट पारित आर्थिक ऐनमा उल्लेख भएको घरजग्गा कर सम्बन्धी व्यवस्थामा केही परिवर्तन भएकोले स्थानीय राजपत्रमा सो सम्बन्धि व्यवस्था उल्लेख नभएसम्मको लागि कर नउठाउन बुधबार परिपत्र जारी गरिएको बताए । 

तर, महानगरपालिकाको वडा नं ३ का वडाध्यक्ष दीपक केसीले आर्थिक ऐन बनाउँदा प्राविधिक रुपमा गम्भीर त्रुटी गरेको भेटिएकोले आफैँले कार्यकारी प्रमुखलाई यो विषयमा भनेर यो व्यवस्था रोक्न आग्रह गरेको बताए ।

केसीले हाम्राकुरासँग कुराकानी गर्दै हिजोसम्म १० लाख तिर्ने करदातालाई आर्थिक ऐनमा उल्लेख गरिएको व्यवस्थाले आज ५० हजार रुपैयाँ मात्रै तिरे पुग्नेगरी व्यवस्था गरेकोले यो व्यवस्था नसच्याएसम्मको लागि घरजग्गा कर उठाउन बन्द गरिएको स्पष्ट पारे । योजना आयोगका कम्युटर अधिकृतहरुले 'आफ्नो गाउँमा बजेट पार्नेगरेका छन्' भन्ने भनाई तर्फ ईंकित गर्दै वडाध्यक्ष केसीले यो व्यवस्था नसच्याउने हो भने महानगरपालिका एकवर्ष भित्रै टाट पल्टिने भएकोले यसलाई मिलाउनको लागि घरजग्गा कर लिने काम बन्द गरिएको स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ