arrow

एन्फाको बैठक उपलब्धिहिन

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
ANFA-NEW-bhaWn.jpeg

काठमाडौं । एन्फाको निर्वाचन र ‘ए’ डिभिजन लिग सञ्चालनलगायतका विषयमा  छलफल गर्न डाकिएको एन्फा बैठक उपलब्धिहिन भएको छ ।

वुधबार बसेको अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले कुनै निर्णय गर्न सकेन । बठक विहिबार दिउँसो फेरि बस्ने एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले बताए ।

बैठकमा ललितपुरको थ्रीस्टार क्लबलाई दिइने क्षतिपूर्तिबारे छलफल भएको बताइएको छ । एन्फाकै गल्तीले थ्रीस्टार एसिया कप फुटबलको दोस्रो चरण खेल्नबाट वञ्चित भएको भन्दै एन्फा पदाधिकारी र कर्मचारकिो निकै आलोचना  भइहेको छ । थ्रीस्टार पुरै आक्रान्त छ ।

थ्रीस्टारलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिएर फुटबलमा फर्काउने प्रयास भइरहेपनि एन्फा नेतृत्व तत्काल निर्णय गर्न तयार छैन । थ्रीस्टारको क्षतिपूर्तिको विषय एन्फाको साधारणसभामा समेत उठ्ने आँकलन नेतृत्वले गरिरहेको छ । तीन महिनापछि एन्फाको साधारणसभा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ