arrow

ढोकामा भोटेताल्चा लगाएर एकता हुँदैन, ढोका खोलेर भन्नुपर्‍यो – प्रचण्ड

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
pmprachandadahal.jpeg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित प्रतिनिधिमण्डलले भेट गरेको छ । 

भेटमा संघका प्रतिनिधिमण्डलले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरीदिन अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको थियो । 

सो अवसरमा अध्यक्ष प्रचण्डले संघमा विजयी पदाधिकारी र सदस्यलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए । 

उनले भने, “वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, पारदर्शी र व्यवस्थित बनाउने सरकार, तपाईहरु, नेपाली जनता सबैका लागि चुनौती हो । निर्वाचनमार्फत संघमा वामपन्थी समूहले वर्चश्व कायम गरेकाले तपाईहरु इमान्दारितापूवर्क व्यवस्थित गर्नेतर्फ लाग्नुस् ।’
 
देशभित्र रोजगारीको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता भए पनि त्यो बिस्तारै हुँदै गएको उनको भनाइ छ । 

उनले भने, “नेपालको आर्थिक वृद्धिदर सम्भव छ भन्ने मेरो १० महिने कार्यकालमा देखियो । सामाजिक न्यायसहितको विकास हुनुपर्छ । धनी र गरीबबीचको खाडल बढी हुन भएन ।” 

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले संघका पदाधिकारीसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले वामपन्थी पार्टीबीच सहकार्यका लागि गरेको प्रस्ताव सकारात्मक भएको टिप्पणी गरे । 

उनले भने, “ढोकामा भोटेताल्चा लगाएर एकता हुँदैन, ढोका खोलेर भन्नुपर्‍यो ।” 

निःशुल्क प्रवेशाज्ञा र टिकटमा केही परिमार्जन गर्नुपर्ने, मलेसिया जाने कामदारबाट विभिन्न कम्पनीको नाममा भइरहेको ठगी नियन्त्रण हुनुपर्ने लगायतका विषयमा अध्यक्ष प्रचण्डलाई संघका पदाधिकारीले ध्यानाकर्षण गराएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ