arrow

[अपडेट] २४ घण्टा नवित्दै सत्तामा फर्किए नितिश, विजेपीको समर्थनमा सपथ

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
nitish_modi.jpg

काठमाडौं। सत्ता गठबन्धनमा दरार आएपछि बुधबार विहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमार बिहीबार फेरि सत्तामा फर्किएका छन्। राष्ट्रिय जनता दलको समर्थनमा यस अघि मुख्यमन्त्री बनेका नितिश कुमारले भारतीय राष्ट्रपति निर्वाचनमा मतदानको विषयमा कुरा नमिलेपछि बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए। 

उनलाई भ्रष्टाचारको आरोप लगाएर साझेदार दलले समर्थन फिर्ता लिने तयारी गरेपछि उनले राजीनामा दिएका हुन्। 

तर, राजीनामा दिएको २४ घण्टा पनि नवित्दै उनी भारतीय जनता पार्टीको सहयोगमा फेरि मुख्य मन्त्री बनेका हुन्। उनले भारतीय समय अनुसार बिहान १० बजे आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन्। 

विहारमा कूल २ सय ४३ जना सांसद्हरु मध्ये बहुमतको लागि १ सय २२ जना सांसद्को आवश्यकता पर्दछ। त्यसमध्ये नितिश कुमारको आफ्नै पार्टीबाट ७१ जना र भारतीय जनता पार्टीबाट ५८ जना गरी कूल १ सय २९ जना र बाँकी सानादलका सांसद् सहित कूल १ सय ३२ जनाको सहमतिका साथ  १० बजे राजभवनमा सपथ ग्रहण भएको हो। 

यस अघि विहीबार साँझको लागि राखिएको सपथग्रहण समारोहको समय अघि सारेर विहान १० बजेको लागि नै राखेको हो। 

सत्ता समीकरण बदलिएपछि दिउँसो लालु यादवको आरजेडी र काँग्रेस आईको छुट्टाछुट्टै पार्टीको बैठक बस्दैछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ