arrow

मन्त्री बलायरले भने, ' मन्त्रालयको काम १५ घण्टा गर्छु , लापरवाही गर्नेलाई १५ मिनेटमा सरुवा गर्छु '

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
bir_bahadir_balayar_mantri.jpg

काठमाडौं।  नवनियुक्त भौतिक योजना तथा निर्माण मन्त्री वीर वहादुर वलायरले मन्त्रालयको काम दैनिक १५ घण्टा गर्ने बताएका छन्। मन्त्री पदमा वहाल भएकै दिन कर्मचारीहरुलाई सम्वोधन गर्दै वलायरले आफू सोख पाल्न मन्त्री नबनेको बताए।

मन्त्री बलायरले कर्मचारीहरुलाई आश्वस्त पार्दै दुख दिने नियतका साथ कसैको पनि सरुवा नगरिने तर अटेर र लापरबाही गरेको अवस्थामा कुनै पनि कर्मचारीको १५ मिनेटमा सरुवा हुने प्रष्ट पारे। जनताको सरोकार जोडिएको काममा लापर्वाही आफूले नस्विकार्ने पनि उनले प्रष्ट पारे।  

आफ्नो सम्वोधनका क्रममा मन्त्री बलायरले बफू धेरै कुरा नगर्ने र काम देखाउने बताए। उनले थपे, 'म धेरै ठुला कुरा गर्दिन समय कम छ काम गरेर देखाउनु छ ।'

 प्रधानमन्त्रीले दिएको निर्देशनलाई पालना गराउन खाल्डा खुल्डी  पुरेर १ हप्ता भित्र परिबर्तन देखाउने प्रतिवद्धता सुनाउँदै मन्त्री वलायरले त्यसमा साथ दिन सबै कर्मचारीहरुलाई निर्देशन दिए।

पञ्चायतकालदेखी हत्केलामा जिन्दगी राखेर हिडेको मानिस भएको उल्लेख गर्दै उनले भने, ' काम गर्ने ठाउँमा आइपुगेको छु । काम गर्ने वेला आएको छ काम गरेर देखाउँछु। तपाइहरु साथ दिनुस।'

यातायातको अप्ठ्यारो बारे आफू जानकार रहेको उल्लेख गर्दै उनले मन्त्री हुने दिनसमेत सार्बजनिक यतायात र तीन पाङ्ग्रे चढेको बताए। मन्त्री बलायर मन्त्री हुने अघील्लो दिनसम्म स्कुटरमा काठमाडौको यात्रा गर्थे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ