arrow

गुल्मीको ग्रामिण इलाकाबाट एम्वुलेन्स सेवा सञ्चालन हुने

logo
कौरव खत्री,
प्रकाशित २०७४ साउन १२ बिहिबार
ambulance2.png.png

गुल्मी ।गुल्मीको पौदी अमराई, नेटा, दर्लिङ्ग, ह्वाङ्गदी तथा बाग्लुङ्गको ग्वालिचौर लगायतका क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्नका लागि निस्ती– बडिगाढ सामुदायिक बिकास केन्द्रले आफ्नो एम्वुलेन्स सेवाको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

आगामी दशै अगावै एम्बुलेन्स सेवा प्रारम्भ गर्ने लक्ष्य सहित काम अगाडि बढेरहेको संस्थाका अध्यक्ष  मोहन घिमिरेले  जानकारी दिए ।साथै सहयोगदातालाई सम्मान गर्ने उद्देश्यका साथ एम्बुलेन्स स्मारिका प्रकाशनको  प्रकाशन गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अघिल्लो सालको भदौ देखि थालिएको एम्बुलेन्स सहयोग अभियानमा हाल सम्म करीव १८ लाख सहयोगको बचनबद्धता प्राप्त भएको र करिव ८ लाख रुपैया संस्थाको खातामा जम्मा भइसकेको छ ।संस्थाले सवै सहयोगदाता र एम्बुलेन्स अभियन्ताहरुलाई अविलम्ब सहयोग रकम जम्मा गरिदिन संस्थाले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ