arrow

लम्जुङमा बस दुर्घटना, दुई जना च्यापिए, एक वेपत्ता

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
lamjung-district.png

काठमाडौं । कास्की र लमजुङ जोड्ने रुदी खोलामा बस दुर्घटना हुँदा दुई जना च्यापिएका छन् भने एक जना बगेका छन् । दुर्घटनामा १५ बढी घाइते भएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका -८ मा पर्ने पुल भाँचिएर बस खस्दा एक जनालाई खोलाले बगाएको हो ।

लमजुङका प्रहरी नायव उपरीक्षक समीरचन्द्र पोखरेलले भने, ‘३५ जना जति बसमा रहेको जानकारी आएको छ । गाडीमा च्यापिएका २ जनालाई निकाल्ने प्रयास भइरहेको छ । एक जना बगेको भन्ने कुरा छ ।’

घाइतेको उद्धार भएको छ । ९ जनालाई पोखरा पठाइएको र बाँकीको लमजुङका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रनाउ पोखरेलले बताए । ना ५ ख ६३९५ नम्बरको बस पुलबाट रुदी खोलामा खसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ