arrow

पुल भाँचिएर रुदी खोलामा खस्यो बस, ३ जनाको मृत्यु

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
buss-Paltiyo.jpg

कास्की । लमजुङ र कास्की जोड्ने अस्थायी पुल भाँचिएर बस रुदी खोलामा खस्दा दुई जनाको गाडीले च्यापिएर मृत्यु भएको छ । एक जनालाई खोलाले बगाएको छ । उनको खाेजी भइरहेको छ ।

बाढीले कमजोर बनेको पूल भाँचिदा बस खसेको प्रहरीले जनाएको छ । लमजुङ क्लाहोलासोथारा–९ बस्ने ५० वर्षीय खेमबहादुर गुरुङ, बाराको फेवा गाउँपालिका–६ का ३३ वर्षीय विनोद मण्डको गाडिले च्यापिएर मृत्यु भएको हो । यस्तै, कास्कीको पोखरा महानगर –३ वेगनासका ५५ वर्षीय गाइने विकलाई खोलाले बगाएको छ । उनको खोजी भइरहेको छ ।

बसमा ३० जना यात्रु रहेको र घाएते १६ जनालाई पोखराको मणिपाल अस्पताल लगेको प्रहरीले जनाएको छ । यस्तै, घाएते ९ जनाको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने, २ घाइतेको रामबजारमा उपचार भइरहेको छ ।

पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस दिउँसो दुर्घटना भएको भएपनि उद्धार टोली ढिलो गरी आएको थियो । पुलको ट्रस भाँचिएर ना ५ ख ६३९५ नम्बरको बस खोलामा खसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ