arrow

प्रधानमन्त्रीले भने–प्रदेशसभा र प्रतिनिधिसभा चुनावको तयारी थाल्नुस्

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
Sher.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभाको  निर्वाचनको तयारी थाल्न आयोगका पदाधिकारीहरुलाई अनुरोध गरेका छन् ।

विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारी, उपप्रधान एवं परराष्ट्र मन्त्री, गृह मन्त्री र अर्थमन्त्री सहभागि बैठकमा प्रधानमन्त्रीले जनताको ‘एक एक मतको कदर हुनुपर्ने’ भन्दै प्रद्धती सुधार गर्न पनि अनुरोध गरे ।

सरकार माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रतिवद्ध रहेको बताउदै प्रधानमन्त्रीले सो अनुसार तयार तत्काल थाल्न पनि निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो । तोकिएको समयमा चुनाव गर्ने सरकारको मुख्य उदेश्य रहेको बताउदै क्षेत्र निर्धारण आयोगले काम थालिसकेकाले र निर्वाचन सम्वन्धी दुई कानुन पनि केही दिनभित्रै पास हुने तयारीमा रहेको पनि प्रधानमन्त्रीले देउवाले बताए ।  

बैठकमा निर्वाचन आयोगका पदाधिकारीले विद्युतिय भोटिङ मेसिन प्रयोग गरेर प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रस्ताव गर्नुभएको थियो । त्यस विषयमा प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग परामर्श गर्न सुझाव दिए ।

प्रधानमन्त्रीले सरकार सकभर एकै दिन प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने तयारीमा रहेको पनि निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी दिए । यस विषयमा निर्वाचन आयोगका पदाधिकारीहरुले भने एकै दिन गर्न सहज नहुने तर मतपत्रलाई विद्युतिय र त्यसमा पनि स्मार्ट बनाउन सकियो भने सम्भन हुने धारणा राखे ।

प्रधानमन्त्रीले निर्वाचन खर्च घटाउनका लागि पनि सरकार एकै पटक दुवै निर्वाचन गर्नुपर्ने धारणामा रहको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ