arrow

संविधान संशोधनमा पच्चीस प्रस्ताव दर्ता

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
nepal_parliament.jpg.jpeg
काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सांसदले समूहगत तथा व्यक्तिगत रुपमा  संविधान संशोधन लागी २५ संशोधन विधेयक दर्ता भएका छन् ।
 
संसद्मा निर्धारित समयभित्र समूहगत तथा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता भएका छ । विधान संशोधनमा काँग्रेसका नेता विमलेन्द्र निधि, डा मीनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरले फरक फरक संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । एमाओवादीका रामनारायण बिंडारीलगायत १० जनाले पनि संयुक्त एवम् फरक फरक रुपमा प्रस्ताव दर्ता गराएको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिए ।
 
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मीना पुन, नेपाली जनता दलका हरिचरण साह, खम्बूवान राष्ट्रिय मोर्चाका रामकुमार राईलगायतले पनि संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संसद् सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्न आज अपराह्न २ बजेसम्मको समयसीमा तोकिएको थियो । प्रस्ताव दर्तामा सांसदको चासो बढेपछि सचिवालयले थप तीन घन्टा समय बढाएको थियो ।
 
दर्ता भएका संशोधन प्रस्तावलाई सभामुखले आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाउ हुनेछ । सरकारी विधेयकका रुपमा सदनमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई कसरी र कहिले कुन विधिका आधारमा अगाडि बढाउने भन्ने निर्णय सरकारले तय गर्नेछ ।संविधान र नियम विपरीत दर्ता गराएका प्रस्ताव भने स्वतः अस्वीकृत हुनेछन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ