arrow

रुसमा आतंकबादी असर, छ महिनामा बाह्र आक्रमणबाट जोगियो

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
russia.jpg.jpeg

मस्को । गत छ महिनाको अवधिमा आतङ्बादी गतिविधि बढीरहेका बेला रुसले १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ । 

“तेह्र वटा आतङ्कबादी आक्रमण दर्ता भएका छन् । त्यस मध्ये १२ ओटा विफल भएका छन्, तिनीहरु तयारीकै क्रममा निस्तेज भएका हुन्,” एक सरकारी अधिकारीले भने । 

आतङ्कबादीहरुले सहयोग गरेको, उनीहरुले भर्ना गरेको र आतङ्कबादीहरुले आर्थिक व्यवस्थापन गरिदिएका घटनाहरु यस अवधिमा झण्डै ६० प्रतिशत भन्दा धेरै बढेको उनले जानकारी दिए । 

यसअघि सन् २०१६ मा कानुन कार्यान्वयन गराउने निकायहरुले १६ ओटा आतङ्कबादी आक्रमणहरुलाई असफल पारेका थिए । 

अप्रिलमा सेन्ट पेटेर्सबर्गमा भएको विस्फोटनमा १६ जनाको मृत्यु भएपछि रुसले आतङ्कवाद विरुद्धको कारबाहीलाई रणनीतिक तरिकाले थप बढाउदै लगेको छ । 

आतङ्कवादलाई आर्थिक सहयोग गर्ने विरुद्ध गरिएको र रसियाको अन्उ मुलुकसँगको सम्बन्ध सुधारमा सहयोगी हुने अपेक्षा गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेर गत बुधबार सरकारले जारी गरेको आदेशमा रसिया आतङ्कवादलाई परास्त गर्न विश्व समुदायसँग सहकार्य गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ