arrow

रेस्टुरेन्टमा आगलागी, पाँच लाखभन्दा बढीको क्षति

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
fire.jpeg

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको न्यू सम्राट रेस्टुरेन्टमा बिहीबार आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । 

विद्युत् सर्ट भई आगलागी हुँदा रेस्टुरेन्टको सेमिनार हलमा रहेका कुर्सी, टेबुल, इन्भर्टर, टेलिभिजन लगायतका सामग्री जलेर नष्ट भएको रेस्टुरेन्टका सञ्चालक सञ्जु गुरुङले बताए । 

स्थानीय व्यवसायी, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ